खेलकुद

बाहिरियो म्यानचेस्टर सिटी

काठमाडौं । म्यानचेस्टर सिटीको इङ्लिस लिग कप (इएफएल) उपाधि जित्ने योजना सकिएको छ । बुधबार राति भएको क्वार्टरफाइनलमा साउथह्याम्पटनसँग २–० ले पराजित भएसँगै सिटीको उपाधि जित्ने योजनामा असफल भएको हो । 

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको प्रमुख खेलाडीलाई विश्राम दिएका थिए । जुन निर्णय महंगो साबित बन्यो । 

सेमिफाइनल प्रवेश गरेको साउथह्याम्पटनको जितमा सेखु मारा र मौसा डिजेन्पोले गोल गरेका थिए । 

ग्वार्डिओलाले एर्लिङ हाल्यान्ड, केभिन डि ब्रुयना, बर्नाडो सिल्भा र इन्डरसनलाई पहिलो रोजाईमा राखेका थिएनन । 

सिटीले शनिबार इङ्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ । सोही खेललाई लक्षित गर्दै ग्वार्डिओलाले प्रमुख खेलाडीलाई आराम दिएका थिए । 

यता नटिङघम फरेस्टले उल्भ्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *