समाचार

मन्त्रालयको भागबण्डा मिलाउन गठबन्धनको बैठक बस्ने

काठमाडौं । सत्ता गठबन्धनको बैठक भोलि बस्ने भएको छ ।

गठबन्धन दलहरुका बिचमा मन्त्रालयका भागबण्डा टुङ्गो लगाउने बैठक बस्ने तय भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको हो ।

त्यसकै तयारीअनुसार प्रधानमन्त्री दाहालले बुधबार बेलुका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका छन् ।

प्रधानमन्त्री नियुक्त भएसँगै मन्त्री बनेकाहरु पनि अहिलेसम्म विनाविभागिय मन्त्रीका रुपमा काम गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *