कला/साहित्य

‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०७९’ : पत्रकार चालिसे र पौडेललाई प्रदान गरिने

काठमाडौं । सम्पादक समाज नेपालले ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०७९’ न्युज २४ का कार्यक्रम संयोजक नवराज चालिसेलाई प्रदान गर्ने भएको छ । ।

नेपाल फेस अनलाइनका सम्पादक माधव पौडेललाई यस वर्षको ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गर्ने निर्णय सम्पादक समाज नेपालले निर्णय गरेको हो ।

सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष स्व.गोविन्द वियोगीको स्मरणमा स्थापना गरिएको पुरस्कारको राशि क्रमशः २५ हजार १ र १५ हजार १ रुपैयाँ निर्धारण गरिएको छ ।

महासचिव श्यामकाजी डोटेलका अनुसार सम्पादक समाज नेपालले निर शाह, वरिष्ठ पत्रकार खिलध्वज थापा, बुँद राना र विमला तुम्खेवालाई सम्पादक समाज सम्मान २०७९ द्वारा सम्मानित गर्ने निर्णय गरेको हो ।

स्व. गोविन्द वियोगीको स्मृत दिवस पारेर सम्पादक समाज नेपालद्वारा प्रदान गरिने पुरस्कार र सम्मान समाजको शिवपुरी—७, गोविन्द वियोगी मार्ग, सूर्यचौर स्थित आफ्नै भवनमा माघ ७ गते शनिवारका दिन हस्तान्तरण गरिने महासचिव डोटेलको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *