समाचार

बुर्किना फासोले गर्यो फ्रान्सेली राजदूतलाई निष्काशन

एजेन्सी । अफ्रिकी मुलुक बुर्किना फासोले फ्रान्सेली राजदूत लुक हाल्लादेलाई निष्काशन गरेको छ । सरकारका प्रवक्ता जँ-इम्मानुएल उएड्राओगोले फ्रान्सेली राजदूत हाल्लादेलाई देश छाडेर जान निर्देशन दिएको जानकारी दिएका छन् ।

सन् २०२२ को नोभेम्बर महिनामा प्रदर्शनकारीहरूले फ्रान्सेली दूतावासमा आक्रमणको कोशिश गरेका थिए । उनीहरूले देशको सुरक्षा समस्याको कारण फ्रान्स भएको आरोप लगाएका थिए । उक्त अशान्तिपछि बुर्किना फासोले यो कदम चलेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *