समाचार

तमु ल्होसारमा प्रधानमन्त्री

काठमाडौं । तमु ल्होसारको अवसरमा टुँडिखेलमा गुरुङ समुदायले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी भएका छन् ।

गुरुङ राष्ट्रिय परिषद्ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहाल प्रमुख अतिथिको रूपमा सहभागी भएका हुन् । उनी प्रधानमन्त्री भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।

‘तमु ल्होसार’लाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउँछ। पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु ल्होसारको अवसरमा शुक्रबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *