समाचार

प्रदेश १ : कांग्रेस संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी परेको छ । संसदीय दलको नेतामा संस्थापन पक्षबाट २ र संस्थापन इतर पक्षबाट एक जनाको उम्मेदवारी दिएका हुन् ।

निर्वाचन समिति संयोजक रमेशजंग रायमाझीका अनुसार दलको नेतामा केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ सभापति उद्वव थापा र केदार कार्कीको उम्मेदवारी परेको हो । अर्याल सभापति शेरबहादुर देउवा प्यानलका हुन् ।

थापा कृष्णप्रसाद सिटौला र कार्की डाक्टर शेखर कोइराला पक्षका हुन् ।

दलको नेता छान्न भोलि शुक्रबार निर्वाचन हुँदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *