काठमाडौं । काभ्रेको महाभारत–७ उदाउनेमा बस दुर्घटना भएको छ ।
काभ्रेको बनेपाबाट महाभारत गाउँपालिकाको गोकुलेतर्फ जाँदै गरेको बा ४ ख १९९६ नम्बरको बस उदाउनेमा दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा खानिखोलाकी विमला माझी, महाभारतकी बिन्दा आले मगर, महाभारतकै रोहन पुलामि, मरिणकी पन्चमाया माझि, महाभारतकै सनीमाया थिङ, महाभारतकै चक्र कुवर र सिन्धुलीकी नेत्र कुमारी राना रहेका छन् ।
घाइतेमध्येका केहीको बनखु स्वास्थ्य चौकिमा उपचार भइरहेको छ । केहीलाई भने धुलिखेल ल्याइदै गरेको जनाइएको छ ।



