समाचार

एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्दै विश्वासको मत दिने भएको छ ।

देशभरका नेतारूलाई बुधबार जुममार्फत सम्बोधन गरेपछि उनीहरुले दिएको सुझावका आधारमा अध्यक्ष माधवकुमार नेपालले सरकारलाई समर्थन गर्दै विश्वासको मत दिने निर्णयको तयारी गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्दै विश्वासको मत दिनेबारे पार्टी बैठकमा निर्णय हुने तयारी रहेको एक नेताले जानकारी दिएका छन् ।

आइतबार (१० पुस) मा १६९ सांसदको समर्थन लिएर प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले सोमबार शपथ लिएका थिए । उनलाई पहिलो चरणमा एकीकृत समाजवादीले समर्थन गरेको थिएन । उनले ‘पर्ख र हेर’ को रणनीति अपनाउँदै ‘एजेण्डा’ का आधारमा समर्थन गर्न सकिने बताएको थियो ।

प्रधानमन्त्री हुन एमालेसँग मिलेको भन्दै असन्तुष्ट एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई बुधबार प्रधानमन्त्री प्रचण्डले भेटेर छलफल गरेका थिए । प्रचण्डले एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउनका लागि पहल थालेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *