राजनीति

हरिबोल गजुरेलले उपराष्ट्रपतिको पद गरे अस्वीकार

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले उपराष्ट्रपति पद अस्वीकार गरेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले गजुरेललाई उपराष्ट्रपति प्रस्ताव गरेपनि उनले उपराष्टपति पदको अस्विकार गरेका हुन् ।

राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, अमृत बोहरा लगायत नेताहरूले इच्छा व्यक्त गरेका छन्। माओवादी भागवण्डामा उपराष्ट्रपति पद परेपछि प्रचण्डले गजुरेललाई प्रस्ताव गरेका हुन् । अरु कुनै पदमा रहेर काम गर्ने इच्छा भएकाले गर्दा उनले सो पदको अस्विकार गरेका हुन् ।

पार्टीमा धेरैकामको सुधार गर्नुपर्ने बाध्यताका कारण उनले उपराष्ट्रपति पदमा नजाने योजना बनाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *