विश्व

पुटिनका आलोचक रुसी सांसदको भारतमा मृत्यु

काठमाडौँ । ६५ बर्षिय रुसी राजनीतिज्ञ पावेल एन्टेभको भारतको ओडिशाको एक होटलमा निधन भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार रुसी सांसद एन्टेभ आफ्ना केही साथीहरूसँग भारत आएका थिए ।

हालै उनले युक्रेनमा रुसले गरेको आक्रमणको कथित रूपमा आलोचना गरेका थिए । तर, केही समयपछि उनले आफ्नो भनाइ फिर्ता लिएका थिए । यही भनाइका कारण उनलाई पुटिनको आलोचक मानिएको थियो ।

अन्ताव डिसेम्बर २१ देखि ओडिशाको रायगडा जिल्लाको एक होटलमा आफ्ना केही साथीहरूसँग बस्दै आएका थिए ।

प्रहरीका अनुसार अन्ताभ शनिबार होटल बाहिर मृत अवस्थामा फेला परेका थिए । यसभन्दा दुई दिनअघि उनका साथी भ्लादिमिर बिदेनोभको सोही होटलमा मृत्यु भएको थियो ।

उनी होटलको पहिलो तल्लामा अचेत अवस्थामा फेला परेका थिए र उनको वरिपरि खाली रक्सीका बोतलहरू भेटिएका थिए ।

त्यसपछि उनलाई अस्पताल पुर्याइयो जहाँ उनलाई मृत घोषित गरिएको थियो ।

ओडीशाका एक शीर्ष प्रहरी अधिकारीले रुसी राजनीतिज्ञ पावेल एन्टेभले आत्महत्या गरेको हुनसक्ने आफ्नो साथीको मृत्युपछि निकै दुखी भएको बताएका छन् ।

तर, दुर्घटनावश टेरेसबाट खसेको लगायतका सबै कोणबाट यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस टोलीका अन्य दुईजना सदस्यलाई हाल यहीँ बसेर अनुसन्धानमा सहयोग गर्न भनिएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *