समाचार

विश्वकप फाइनल : फ्रान्स र अर्जेन्टिनाबिचको खेल अतिरिक्त समयमा

काठमाडौं । फिफा विश्वकप फुटबलको उपाधिका लागि जारी खेलमा अर्जेन्टिना र फ्रान्सबिच निर्धारित ९०) मिनेटको खेल बराबरीमा सकिएको छ ।

पहिलो हाफमा २–० गोलअन्तरले अग्रता कायम गरेको अर्जेन्टिनाविरुद्ध दोस्रो हाफमा फ्रान्सले २ गोल गरेको हो ।

फ्रान्सका खेलाडीले डिबक्स एरियामा अर्जेन्टिनाका एञ्जल डी मारियालाई फल गरेपछि पाएको पेनाल्टीमा लियोनेल मेस्सीले गोल गर्दै अग्रता कायम गरेका थिए । दोस्रो गोल भने अर्जेन्टिनाका लागि एञ्जल डी मारियाले गरे ।

फाइनल खेल कतारको लुसिल स्टेडियममा जारी छ । दोस्रो हाफमा फ्रान्सका केलिएन एम्बाप्पेले दुई गोल गरे । ९० मिनेटमा खेल बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *