काठमाडौं । कतार विश्वकपमा फ्रान्ससँग खेल्ने अर्जेन्टिनाको टिममा केही परिवर्तन गरेको छ ।
फाइनल खेलका लागि अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई हराउने टोलीमा मात्र एक परिवर्तन गरेको छ । चोटबाट सङ्घर्षरत एङ्खेल डि मायिरा लियान्ड्रो पाराडेसको स्थानमा मैदानमा देखिनेछन् ।
लियोनेल मेस्सी कप्तान रहेको टोलीका सुरुवाती एघारमा डर्मियन मार्टिनेज, नाहुएल मोलिना, निकोलस ओटामेन्डी, क्रिस्टियन रोमेरो, निकोलस टाग्लियाफिको, रोड्रिगो डे पाउल, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, डि मारिया र जुलियन अल्भारेज छन् ।




