खेलकुद

फिफाले २०२५ देखि ३२ टिम सहभागी क्लब विश्वकपको आयोजना गर्ने

काठमाडौँ । फिफाले क्लब विश्वकपको आयोजना गर्ने घोषणा गरेको छ । फिफाका अध्यक्ष गिआनी इन्फान्टिनोले क्लब विश्वकप २०२५ देखि ३२ क्लबलाई सहभागी गराएर शुरुवात गर्ने जानकारी दिएका हुन् ।

फिफाको पत्रकार सम्मेलनमा अध्यक्ष इन्फान्टिनोले २०२५ मा हुने क्लब विश्वकपमा ३२ टिम सहभागी हुने बताएका छन् ।

हाल पनि फिफा क्लब विश्वकप आयोजना हुने गरेपनि अब फिफाले यसलाई व्यावसायिक रुपमा अगाडी बढाउने भएको हो ।

अहिले हुने क्लब विश्वकपमा आयोजकसहित ७ टिमले भाग लिने गरेका छन् । अहिले ६ महादेशका च्याम्पियन्स लिग विजेता टिम र एक आयोजक टिम गरि ७ टिमले भाग लिदै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *