समाचार

नेपाली सेना र भारतीय सेना संलग्न संयुक्त सैन्य अभ्यास सुरु

काठमाडौं । नेपाली सेना र भारतीय सेना संलग्न संयुक्त सैन्य अभ्यास सूर्य किरण रुपन्देहीको सालझण्डीमा आज (शुक्रबार) देखि सुरु भएको छ।

सूर्य किरण सैन्य अभ्यासको १६ औँ संस्करण मध्य पश्चिम पृतना हेड क्वार्टरकापृतनापति उपरथी याम प्रसाद ढकालले एक विशेष कार्यक्रमबीच शुभारम्भ गरेका हुन् ।

विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरी यो सैन्य अभ्यास सुरु भएको छ ।

सो अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमल कुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सो अभ्यास कार्यक्रमा सहभागी भएका छन् ।
यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्य किरणको पन्ध्रौं संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो। हाल सम्पन्न भएको
संयुक्त अभ्यास आगामी पुस १४ गते सम्पन्न हुने भएको छ ।

२०६७ सालबाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरि सञ्चालन हुँदै आएको संयुक्त अभ्यास हालसम्म दुवै देशमा १५ पटक सञ्चालन भइसकेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *