विश्व

इयु नेताहरूद्वारा रुस विरुद्ध नवौं प्रतिबन्ध प्याकेज अनुमोदन

ब्रसेल्स । युरोपेली नेताहरूले बिहीबार यहाँ आयोजित शिखर सम्मेलनपछि रुसविरुद्धको प्रतिबन्धको नवौं प्याकेजलाई अनुमोदन गरेको छ ।

युरोपेली परिषद्ले शिखर सम्मेलनको अन्तिम घोषणामा नेताहरूले रुसमाथि सैन्य कारबाही अन्त्य गर्न र युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न सामूहिक दबाब कसरी बढाउने भन्ने विषयमा छलफल गरेको बताएको छ । उनीहरूले रूस विरुद्ध युरोपेली सङ्घको प्रतिबन्धात्मक उपायहरू बारे तप छलफल गरेका छन् ।

इयुको प्रतिबन्धात्मक उपायहरूको नवौं प्याकेज र अन्तरराष्ट्रिय तेल मूल्य क्याप लगायत विषयमा गहिरो छलफल भएको छ ।

युक्रेनलाई मद्दत गर्नको लागि १८-बिलियन-यूरो (१९.१ बिलियन अमेरिकी डलर) को आर्थिक सहायता प्याकेज पनि एजेन्डामा थियो तर नेताहरूले यो विषयलाई अनुमोदन भने गरिएको छैन् ।

“युरोपियन युनियन प्रतिबन्धलाई थप बलियो बनाउँन तयार छ । युरोपेली परिषदले प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने र छलछाम रोक्न र यसको सहजीकरणको महत्त्वलाई जोड दिनेछ,” नेताहरूले सम्मेलनपछि बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *