समाचार

नेयमारले गरे पेलेको किर्तिमानीसँग बराबरी

काठमाडौं । ब्राजिलका स्ट्राइकर नेयमारले फुटबलका हस्ती पेलेको कीर्तिमान बराबरी गरेका छन् ।

कतारमा जारी विश्वकपको क्वाटरफाइनलमा क्रोएसिया विरुद्ध गोल गर्दै नेयमारले ब्राजिलका लागि सर्वाधिक ७७ गोल गर्ने कीर्तिमान बराबरी गरेका हुन् ।

नेयमारले १२४ खेल खेल्दै ७७ गोल गरे । पेलेले ९२ खेलमै ७७ गोल गरेका थिए । नेयमारले किर्तिमान बनाएपनि ब्राजिल भने क्रोएसियासँग पराजित हुँदै जारी विश्वकपबाट बाहिरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *