काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको मिति फेरी सरेको छ ।
नेपाल क्रिकेट संघले बिहीबार विज्ञप्ति जारी गर्दै मंसीर २६ गतेदेखि हुने भनिएको प्रतियोगिता पुस ८ गतेबाट सुरु हुने जनाएको हो ।
कीर्तिपुरस्थित टियु मैदानमा हुने प्रतियोगिताको फाइनल पुस २६ गते हुने जनाइएको छ । क्यानले प्रतियोगिता खेल्ने नयाँ टोली समेत घोषणा गरेको छ ।
क्यानले काठमाडौं नाइट नयाँ टोली रहेको जनाएको छ । काठमाडौं गोर्खाज बाहिरिएपछि क्यानले नयाँ टोली सार्वजनिक गरेको हो । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहनेछ ।
लिगको पहिलो संस्करणमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।




