काठमाडौं । विश्वकप फुटबलको जारी संस्करणबाट स्पेन बाहिरिएको छ ।
प्रि–क्वाटरफाइनल खेलमा मोरक्कोसँग पराजित हुँदै स्पेन बाहिरिएको हो । मोरक्कोसँग स्पेनले निर्धारित समयमा बराबरी खेलेर खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
एजुकेसन सिटी स्टेडियममा दुई टोलीबीचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिँदा अतिरिक्त समय थपिएको भएपनि निर्धारित समयमा गोल हुन सकेन ।
त्यसपछि पेनाल्टी सुटआउटमा स्पेन बाहिरिएको हो ।




