समाचार

पोल्याडलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको क्वाटरफाइनल प्रवेश

काठमाडौं । फ्रान्स कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै फ्रान्सले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

कतारको अल थुमाम स्टेडियममा फ्रान्सलाई जित दिलाउन एम्बाप्पेले दुई गोल गरे । त्यस्तै ओलिभरले एक गोल गरे । पोल्याण्डका लागि रोबर्टो लेवान्डोस्कीले एक गोल फर्काए ।

अब फ्रान्सले आज राति हुने इङ्ल्यान्ड र सनेगलबीचको विजेतासँग क्वटारफाइनलमा खेल्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *