कला/साहित्य

साहित्यकार थापालाई दुई लाखसहित अभिनन्दन

काठमाडौं । साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत मकवानपुरका साहित्यकार तुलसी थापा अभिनन्दित भएका छन् । बुढ्यौली साहित्य समाज मकवानपुरद्वारा आज हेटौँडामा आयोजित एक समारोहमा उनलाई रु दुई लाख नगदसहित सम्मान गरिएको हो ।

 शिक्षा, स्वास्थ्य, सामाजिक तथा साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएका थापालाई सो अवसरमा हेटौँडाका अन्य सङ्घसंस्थाले सम्मान गरेको थियो । समारोहमा अभिनन्दित थापाको विषयमा विभिन्न विद्वानद्वारा लेखिएको पुस्तकको विमोचन गरिएको थियो ।

 सो अवसरमा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले साहित्यिक क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई समाजको हरेक क्षेत्रबाट सहयोग तथा सम्मान हुनुपर्ने बताए  । समाजका अध्यक्ष आरसी रिजालले साहित्य क्षेत्रका व्यक्तिहरूलाई सम्मान गर्दा यस क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *