समाचार

नेपालले आज स्कटल्याण्डसँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज आईतबार दोस्रो खेल स्कटल्याण्डसँग खेल्दैछ।

खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा बर्षाले प्रभावित बनेपछि घरेलु टोली नामिबियासँग अंक बाडेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *