समाचार

कतार विश्वकप : आज दुई खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज आइतबार राउण्ड अफ १६ का दुई खेलहरु हुँदैछन् ।

अल थुमामा स्टेडियममा आइतबार हुने पहिलो खेलमा फ्रान्सले पोल्यान्डको सामना गर्दैछ । खेल आइतबार नेपाली समयअनुसार रातको ८:४५ बजे हुनेछ । यस खेलको विजेताले इंग्ल्यान्ड र सेनेगलबीच खेलको विजेतासँग खेल्नेछ ।

अर्को खेलमा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । अल बयात स्टेडियममा हुने इंग्ल्यान्ड र सेगेनलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *