समाचार

स्विट्जरल्यान्ड नकआउट चरणमा

काठमाडौं । स्विट्जरल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।शुक्रबार राति भएको खेलमा सर्बियालाई ३-२ गोल अन्तरले हराउँदै स्विट्जरल्यान्ड राउण्ड अफ १६ मा पुगेको हो ।

रोमान्चक खेलमा शेरदान शाकिरीले २० औं मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २६ औं मिनेटमा एलेक्सजेन्डर मिट्रोभिचले गोल गर्दै सर्बियालाई १-१ गोलको बराबरीमा ल्याए ।

३५ औं मिनेटमा डुसन भ्लाहोभिचले गोल गर्दै सर्बियालाई २-१ को अग्रता दिलाए । तर, खेलको ४४ औं मिनेटमा ब्रेल इम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई २-२ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ४८ औं मिनेटमा रिमो फ्रयूलेरले गोल गर्दै स्विट्जरल्यान्डलाई३-२ को जित दिलाए । यस जितसँगै स्विट्जरल्यान्ड ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

स्विट्जरल्यान्डले ३ खेलमा ६ अंक जोड्यो । सर्बिया ३ खेलमा १ अंक जोडेर बाहिरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *