खेलकुद

क्यामरुनसँग १-० ले पराजित भयो ब्राजिल

काठमाडौं । ब्राजिल क्यामरुनसँग १-० ले पराजित भएको छ । शुक्रबार राति क्यामरुनसँग पराजित भएपनि ब्राजिल समूह विजेताको रुपमा राउण्ड अफ १६ मा पुगेको हो ।

लुसिअल स्टेडियममा क्यामरुनलाई जित दिलाउन भिन्सेन्ट अबुबाकरले निर्णायक गोल गरे । उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।

गोल गरेपछि उनी दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । गोलको सेलिब्रेसन मनाउने क्रममा जर्सी फुकालेपछि उनले दोस्रो पहेलो कार्ड पाएका थिए ।

त्यसअघि क्यामरुनविरुद्ध ब्राजिलले थुप्रै गोलको अवसर गुमाएको थियो । क्यामरुनले पनि गोलको केहि अवसर खेर फालेको थियो ।यस हारसँगै ब्राजिलले ३ खेलमा ६ अंक जोड्यो । र, ब्राजिल शीर्ष स्थानमा रह्यो ।

क्यामरुनले ३ खेलमा ४ अंक जोडेको छ । तर, क्यामरुन समूह चरणबाट बाहिरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *