समाचार

पोर्चुगललाई हराउँदै दक्षिण कोरिया अन्तिम १६ मा

काठमाडौं । पोर्चुगललाई २–१ गोलको नतिजमा पराजित गर्दै दक्षिण कोरिया समूह ‘एच’ बाट अन्तिम १६ मा प्रवेश गरेको छ ।

एजुकेसन सिटी स्टेडियममा शुक्रबार राति पोर्चुगललाई २-१ गोलले हराउँदै दक्षिण कोरिया नकआउट चरणमा पुगेको हो ।

पोर्चुगलविरुद्ध दक्षिण कोरियाले पुनरागमन गर्दै जित निकालेको हो । रोमान्चक खेलमा सुरुआती अग्रता पोर्चुगलले बनाएको थियो ।

खेलको पाँचौं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २७ औं मिनेटमा किम योङ जीओनले गोल गर्दै कोरियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा ह्वाङ हि चानले गोल गर्दै कोरियालाई २-१ को जित दिलाए । यस जितसँगै कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

कोरियाले ३ खेलमा ४ अंक जोड्यो । हारको बाबजुत पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ । पोर्चुगलले ३ खेलमा ६ अंक जोड्यो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *