काठमाडौं । नेपालले नामिबियालाई १९८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अलआउट हुदै १९७ रन बनाएको हो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ७५ रन बनाएका थिए । त्यस्तै आरिफ सेखले २३, आसिफ सेखले २०, अर्जुन साउद र गुलशन झाले १८-१८ रन बनाए ।
त्यस्तै कुशल भुर्तेलले १३, कप्तान रोहित पौडेल र सोमपाल कामीले १०-१० रनको योगदान दिए ।
नामिबियाका लागिटांगेनी लुंगामेनीले ३ विकेट लिए भने कार्ल बिर्केनस्टोकले २ विकेट लिए ।




