खेलकुद

सिंजाका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

काठमाडौं । ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी भइसके पछिका महिलाका लागि सिंजा गाउँपालिकाले घरदैलोमा उपचार सेवा दिने भएको छ । सिंजा गाउँपालिकाभरिका ज्येष्ठ नागरिक र शारिरिक रुपमा कमजोर बनेका व्यक्तिलाई स्वास्थ्य संस्थाको पहुँचमा पुर्‍याउन निःशुल्क उपचार सेवा घरदैलोमै पुगेर दिइने भएको हो ।

सिंजा गाउँपालिका ‘हामी बनाउँछौं हाम्रो गाउँपालिका, राम्रो गाउँपालिकाु बनाउनका लागि नागरिकका आवश्यकताका आधारमा सेवा दिने गरिएको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।

उनले भने, ’यो सिंजा गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि र गर्भवती र सुत्केरी भइसकेका महिलालाई प्रत्येक महिनामा घरदैलोमार्फत निस्शुल्क स्वाथ्य सेवा दिइने कार्यक्रमा शुक्रबारबाट औपचारिक रुपमै सुरु गरिएको छ।ु 

गाउँपालिकाभित्रका गर्भवती महिला ,ज्येष्ठ नागरिक र दमका बिरामीहरुको लागि सुगर, प्रेसरजस्ता सेवाहरु गाउँपालिकाले घरदैलामै पुगेर दिन भएको सिंजा गाउँपालिका स्वाथ्य शाखामा प्रमुख ललितजंङ रोकायाले बताए ।

उनका अनुसार स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने हाम्रो लक्ष्य रहेको छ । उनले भने, ‘यो कार्यक्रम विषेश गरी ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी महिला र बालबालिका शारिरिक रुपमा असक्त रहेका व्यक्तिका लागि हो ।ु

ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिला र स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी यस्तो सेवा दिने गरिएको हो । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *