खेलकुद

बेल्जियम विश्वकपबाट बाहिरियो, क्रोएसिया नकआउट चरणमा

काठमाडौं । बेल्जियम कतारमा जारी फिफा विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम बाहिरिएको हो ।

क्रोएसिया भने नकआउट चरणमा प्रवेश गरेको छ ।

जित्नैपर्ने खेलमा बेल्जियमले पाएको अवसरलाई खेर फालेका थिए ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका बेल्जियमका रोमेलु लुकाकुले थुप्रै गोलको सुनौलो अवसर खेर फालेका थिए।

क्रोएसियाले समेत केहि गोलको अवसरलाई सदुपयोग गर्न सकेन् ।

बराबरीपछि समूह ‘एफ’ को बेल्जियमले ३ खेलमा ४ अंक जोड्यो । बेल्जियम तेस्रो स्थान रह्यो ।

बेल्जियमको यस टिमलाई ‘गोल्डेन जेनेरेसन’ मानिएको थियो । तर यस टोलीले बेल्जियमलाई उपाधि दिलाउन असफल भएको छ ।

क्रोएसिया भने दोस्रो स्थानमा रहदै राउण्ड अफ १६ मा पुगेको हो ।

साविक उपविजेता समेत रहेको क्रोएसियाले ३ खेलमा ५ अंक जोड्यो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *