विश्व

रूसको रोक्का सम्पत्ति जफत गर्ने इयूको प्रस्ताव

काठमाडौं। युरोपेली आयोगले युक्रेनलाई द्वन्द्वका कारण भएको क्षतिको क्षतिपूर्ति दिन, रोक्का गरी राखिएकाे रूसी सम्पत्ति जफत गर्ने योजना प्रस्ताव गरेको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले बुधबार एक विज्ञप्ति जारी गर्नुहुँदै उक्त रकम युक्रेनमा भएको क्षतिको क्षतिपूर्तिका लागि पठाइने बताउनुभएको छ ।

रूसी केन्द्रीय बैंकको ३०० अर्ब युरो रोक्का गरिनुका साथै रुसी कुलीन वर्गको सम्पत्ति जफत गरिएकाे उहाँले बताउनुभयाे ।

ईयूले संयुक्त राष्ट्रसंघको समर्थनमा एक विशेष अदालत स्थापना गर्ने प्रस्ताव पनि गरिरहेको – जसले रूसको अपराधको अनुसन्धान र अभियोजन गर्ने उहाँले उल्लेख गर्नुभयाे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *