खेलकुद

अष्ट्रेलिया नकआउट चरणमा

काठमाडौं । अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ ।

अल जानुब स्टेडियमा बुधबार राति डेनमार्कलाई १-० ले हराउँदै अष्ट्रेलिया नकआउट चरणमा पुगेको हो ।

अष्ट्रेलियाको जितमा म्याथ्यु लेकीले निर्णायक गोल गरे । खेलको ६० औं मिनेटमा म्याथ्युले गोल गरेका हुन् ।

यस जितसँगै अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । अष्ट्रेलियाले ३ खेलमा ६ अंक जोड्यो ।

डेनमार्क १ अंक जोडेर समूह चरणबाट बाहिरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *