काठमाडौं । अष्ट्रेलिया १६ वर्षपछि फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । कतारमा जारी विश्वकप २०२२ अन्तर्गत समू डी को अन्तिम खेलमा डेनमार्कलाई १–० ले पराजित गरेपछि अष्ट्रेलियाले समूह डी मा उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
यसअघि अष्ट्रेलिया सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा अन्तिम १६ मा पुगेको थियो । तर इटलीसँग पेनाल्टी गोलमा १–० ले पराजित भएपछि बाहिरिएको थियो ।
जारी विश्वकपमा समूह डी मा अष्ट्रेलिया र साविक विजेता फ्रान्सले समान ६ अंक जोडेपनि गोलअन्तरमा फ्रान्स अघि रहेर समूह विजेता बनेको हो ।




