काठमाडौँ । जारी विश्वकप अन्तर्गत समुह ए बाट नेदरल्याण्ड र सेनेगल नकआउट चरणमा पुगेका छन् ।
मंगलबार सम्पन्न समुह चरणको अन्तिम खेलमा नेदरल्याण्डसले आयोजक कतारलाई २-० गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
त्यस्तै सेनेगलले इक्वेडरलाई २-१ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा पुगेको छ ।
समुह ए बाट नेदरल्याण्डसको ३ खेलमा ७ अंक भएको छ र समुहमा प्रथम हुदै नकआउट चरणमा पुगेको छ । त्यस्तै सेनेगलको ३ खेलमा ६ अंक भएको छ र समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ ।
त्यस्तै समुह ए बाट कतार यसअघि नै बाहिरिएको थियो भने अब इक्वेडर पनि विश्वकपको समुह चरणबाट बाहिरिएको छ । इक्वेडर ३ खेलमा ४ अंकसहित समुहमा तेस्रो भयो भने आयोजक कतारले समुह चरणका तिनै खेलमा हार बेहोरेको छ ।
योसँगै फ्रान्स र पोर्चुगलपछि नेदरल्यान्ड्स र सेनेगल विश्वकपको नकआउट चरणमा पुगेका छन् ।




