समाचार

धर्म संस्कृतिको रक्षा गर्ने कुरामा कसैसँग सम्झौता गर्दिन : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन । विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आज आयोजित कार्यक्रममा उनले राज्यले गुरुकूल शिक्षाको उत्थान र विकासका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए ।

भाषा, धर्म, कला र संस्कृति सभ्यताको प्रतीक तथा राष्ट्रका धरोहर भएको डा कोइरालाको धारणा थियो । उनले भने , “राष्ट्रका यी धरोहरको संरक्षण तथा सम्वद्र्धन गर्नु राज्यको दायित्व हो, धर्म र संस्कृतिको संरक्षणबारे म संसद्मा खरो रुपमा उत्रिनेछु ।”

नेता कोरालाले सुशासन कायम नभएसम्म मुलुकको विकास नहुने विचार राखे  । कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्यहरु अमृत अर्याल, केदार कार्की, भीम पराजुली, राष्ट्रियसभा सदस्य रमेशजङ रायमाझीलगायतको सहभागिता थियोे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *