समाचार

मोरक्कोसँग बेल्जियम २-० ले पराजित

काठमाडौं । कतारमा जारी रहेको फिफा विश्वकप २०२२ मा मोरक्कोले बेल्जियमलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

मोरक्कोका लागि अब्देलहामिद साबिरीले ७३ औं मिनेटमा गरेको फ्रिकिक गोलमा अग्रता लियो ।

इन्ज्युरी समयमा दोस्रो गोल थप्दै मोरक्कोले जित पक्का गर्यो ।

यस जितसँगै मोरक्को समूहको शीर्षस्थानमा उक्लिएको छ । मोरक्कोको २ खेलमा ४ अंक तथा बेल्जियमको ३ अंक छ । क्रोएसिया १ अंक र क्यानडा अंकविहिन छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *