समाचार

कतार विश्वकपमा रङ्गशालाभित्र मदिरामाथि प्रतिबन्ध

काठमाडौं । कतारमा विश्वकप खेल हुने आठवटा रङ्गशालामा मदिरा विक्री नहुने भएको छ।

मदिराको विक्रीलाई कडाइका साथ नियन्त्रण गरिएको उक्त मुस्लिम देशमा यसअघि रङ्गशाला भित्रका केही छानिएका क्षेत्रमा मदिरा उपलब्ध हुने व्यवस्था मिलाइएको थियो।

यद्यपि प्रतियोगिता हुने रङ्गशालाको कर्पोरेट क्षेत्रमा रहनेहरूले अझै पनि मदिरा किन्न सक्ने वीवीसीले लेखेको समाचारमा जनाइएको छ । कतारमा आइतवार विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। उक्त खेलको पहिलो प्रतिस्पर्धा कतार र इक्वेडरबीच हुनेछ।

‘आयोजक देशका अधिकारीहरू र फिफा बीचको छलफलपछि कतारको फिफा विश्वकप २०२२ रङ्गशाला परिधिबाट बियर विक्रीकेन्द्रहरू हटाउँदै फिफा फ्यान फेस्टिभल, अन्य फ्यान गन्तव्य र इजाजतपत्र प्राप्त स्थानमा मादक पेय पदार्थको विक्रीलाई केन्द्रित गर्ने निर्णय गरिएको छ ।’ फिफाले जारी गरेको वक्तव्यमा भनिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *