काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा युएईले नेपाललाई १७७ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाउदै १७६ रन बनाएको हो ।
युएईका लागि आलिशान शाराफुले ३३ रन बनाए भने रोहण मुस्तफाले २४ रन बनाएका थिए । त्यस्तै मुहमद वसीमले ११ रन बनाए । त्यस्तै अन्तिम विकेटका लागि हजरात बिलाल र आयान अफजाल खानले अविजित ८३ रनको साझेदारी गरेका थिए । विलालले २० रन बनाए भने आयानले अविजित ५४ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर गुलसन झा, कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए भने सोमपाल कामी र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।
तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ । यो खेल जित्ने टिमले सिरिज २-१ ले जित्ने छ ।




