खेलकुद

विश्वकप फुटबल : पुरुष विश्वकपको चर्चाको शिखरमा तीन महिला रेफ्री

काठमाडौं। पछिल्लो समय विश्वभरका सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा तीन महिला रेफ्रीहरुले ट्रेन्ड गरिरहेका छन्।

किनकि योपटक तीन महिला रेफ्रीले पहिलोपल्ट विश्वकपको खेल खेलाउँदै छन्। यसको अर्थ योपटक विश्वकप खेलाउने महिला रेफ्रीले नयाँ विश्व कीर्तिमान बनाउनेछन्। साथमा नयाँ इतिहास रच्नेछन्। तीन महिला रेफ्री हुन्, फ्रान्सकी स्टेफेनी फ्रापार्ट, रुवान्डाकी सलिमा मुकानसन्गा र जापानकी योसिमी यामाशिता ।

विश्व फुटबल महासंघ फिफाले अहिलेसम्म ३६ रेफ्रीको सूची सार्वजानिक गर्दा तीन महिलाले स्थान बनाए। साथमा साहायक रेफ्रि तर्फ ६९ जनाको नामा समेटिँदा तीन महिला सहायक रेफ्री पनि छन्। सहायक महिला रेफ्री हुन्, ब्राजिलकी नुजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी क्याथरन नेस्बिट।

फिफाको रेफ्री कमिटीका प्रमुख हुन्, पियरलुइजी कोलिनाले लिङ्गका आधारमा हुने भेदभाव र चर्चाको अर्थ नरहने बताइन्। उनले छनोट गरिएका रेफ्रिहरु उम्दा भएर विश्वकपका लागि छानिएको बताइन्। ३८ वर्षीय फ्रापार्ट लिग–वानको खेल खेलाइसकेकी छिन्। साथै महिला विश्वकपसमेत खेलाइसकेकी छिन्।

फ्रापार्टपछि यामाशितापनि अनुभवि रेफ्रीकी रुपमा रहेकी छिन्। जापानी फुटबलमा उनले निकै राम्रो छवि बनाएकी छिन्। जापानमा पुरुष फुटबल खेलाइसकेकी छन् । सन् २०१९ को एसियन च्याम्पियन्समा उनले पुरुष फुटबलमा आफ्नो भुमिका निभाउँदै पहिलो महिलाको उपमासमेत पाइन्।

अर्कोतर्फ ३४ वर्षीया मुकानसन्गापनि उतिकै क्षमता वान रहेकी छिन्। उनलाई विश्वकपमा बोलाउँदै गर्दा उनले गत जनवरीमा पुरुषको अफ्रिकी कप अफ नेसन्स खेलाएकी थिइन्। उनको खेलाउने शैलीको खुलेर प्रसंशा भयो। तर उनी सर्वाधिक युवा रेफ्री हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *