खेलकुद

नेपालविरूद्ध टस जितेर ब्याटिङ गर्दै यूएई

काठमाडौं । एकदिवसिय शृङ्खलाको दोस्रो खेलमा युएईले नेपालविरूद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरू हुने खेलमा नेपालले टिममा एक परिवर्तन गरेको छ । हिर शंकर शाहलाई बेन्चमा राख्दै आसिफ शेखलाई टिममा समावेश गरेको छ ।

पहिलो खेलमा यूएईले नेपाललाई ८४ रनले पराजित गरेको थियो । आजको खेल जित्दै यूएई एक खेल अगावै शृङ्खला जित्ने लक्ष्यसहित मैदान उत्रिदैछ ।

शृङ्खला जित्ने आशा बचाई राख्न नेपाललाई आजको खेल जित्ने दवाव रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *