काठमाडौं । इन्डोनेसियामा जारी जी ट्वाइन्टी सम्मेलनमा सहभागी विश्व नेताहरूले युक्रेनमा रुसी आक्रमणबारे निन्दा गरिरहँदा मस्कोले किएभमा क्षेप्यास्त्र हमलाहरू गरेको छ।
वीवीसीका अनुसार युक्रेनको राजधानीमा क्रुज क्षेप्यास्त्र प्रहार भएको बताइएको छ।
किएभमा कम्तीमा दुईवटा आवासीय भवनहरूमा क्षति पुगेको छ। कम्तीमा एकजनाको मृत्यु भएको सहरका मेयरले पुष्टि गरेका छन्।
युक्रेनका अन्य कैयौँ सहरमा समेत दर्जनौँका सङ्ख्यामा क्षेप्यास्त्र हमला भएका विवरणहरू आएका छन् । जी ट्वाइन्टी सम्मेलनमा भने धेरैजसो देशले युद्धलाई लिएर रुसको निन्दा गरे पनि संयुक्त वक्तव्य निकाल्न पनि सहमति जुट्न सकेन ।




