निर्वाचन-२०७९

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचारमा रहेको गाडीमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा तोडफोड भएको छ । इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालिमा रिसोर्ट अगाडि बा१४च ७६८४ नम्बरको जिप तोडफोड भएको प्रत्यक्षदर्शी एवं पत्रकार प्रकाश सिग्देलले जानकारी दिए ।

उनका अनुसार सत्ता गठबन्धनको टोलीले जीपमा आक्रमण गरेको हो । रवि लामिछाने आज इच्छाकामनामा घरदैलोमा थिए । रवि लामिछानेसँगै गएको गाडीमा तोडफोड भएको हो

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *