काठमाडौं । नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलको अन्तिम तयारीमा जुटेका छन् । विश्वको उत्कृष्ट ३२ टिमहरू आफ्नो टोली घोषणामा व्यस्त छन् ।
फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकपको उपाधि कसले जित्ला भन्ने धेरैको चासो छ । विश्वकप विजेताले फिफा विश्वकप ट्रफी पाउनेछन् । जसको मूल्य २० मिलियन अमेरिकन डलर बराबरको भएको बताइएको छ ।
१८ क्यारेट सुन जडित उक्त ट्रफी ३६.८ सेन्टिमिटर अग्लो छ भने ६.१ किलोग्राम तौलको छ । विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउनेछन् ।
विश्वकपमा पुरस्कार राशि
विजेता: ४२ मिलियन डलर
उपविजेता: ३० मिलियन डलर
तेस्रो स्थान: २७ मिलियन डलर
चौथो स्थान: २५ मिलियन डलर
क्वाटरफाइन: १७ मिलियन डलर
अन्तिम १६ : १३ मिलियन डलर
समूह चरण: ९ मिलियन डलर




