खेलकुद

साल्केविरुद्ध बायर्नको सहज जित

काठमाडौँ। जर्मन बुन्डेस लिगाअन्तर्गत गएरातिको खेलमा लिग लिडर बायर्न म्युनिख विजयी भएको छ । ऊ घरेलु टोली साल्केविरुद्ध २–० ले विजयी भएको हो ।

भेल्टिन्स एरिनामा बायर्नलाई सहज जित दिलाउन सर्ज गिनाब्री र एरिक म्याक्सिम चोउप मोन्टिङले एक–एक गोल गरे । खेलको ३८ औं मिनेटमा गिनाब्रीको गोलमार्फत बायर्नले अग्रता लिएको थियो ।

५२ औं मिनेटमा मोन्टिङले गोल गर्दै पाहुना टोलीलाई २–० को सहज जित दिलाए । यो जितसँगै १५ खेलमा ३४ अंक जोडेको बायर्न शीर्ष स्थानमा कायम रहँदा पराजित साल्के समान खेलबाट ९ अंकका साथ पुछारमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा आरबी लाइप्जिग, बोचुम, उल्फ्सबर्ग, बायर लिभरकुसेन र हेर्था बिएससीले पनि जित हात पारेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *