काठमाडौं । इको प्यानल नेपाल प्रालि सल्लाघारी भक्तपुरको आयोजनामा भक्तपुरमा एक दिने अवार्डनेस तालिम भएको छ । अवार्डनेस तालिम अन व्युएमएस, इएमएस एण्ड ओएच एण्ड एस (आइएओ) ९००१ः२०१५, १४००१ः२०१५, ४५००१ः२०१८० विषयमा एकदिने सचेतना तालिम भएको हो । सफ्ट टेक सि आई प्रालि नयाँं बानेश्वर, काठमाडौंको सहयोगमा तालिम आयोजना गरिएको हो ।
तालिममा सफ्ट टेक सि आई प्रालि का प्रमुख कार्यकारी अधिकृत ९सिईओ० तथा मुख्य प्रशिक्षक जनार्दन घिमिरे र कम्पनीकै सिनियर कन्सल्टेन्ट पुष्पराज न्यौपानेले प्रशिक्षण दिएका थिए ।
गुणस्तरीय निर्माण सामाग्रीको उत्पादन गर्दा कम्पनीले प्राकृतिक वातावरणको संरक्षण गरी, कामदारको स्वास्थ तथा सुरक्षाको सम्बर्द्धन तथा गुणस्तर ब्यस्थापन प्रणालीसम्बधी तालिमको कार्यक्रम इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले कार्यक्रम भयको यश कम्पनीका सबै कर्मचारीलाई प्रदान गरिएको जानकारी गराए ।
विहान सात वजेदेखि साँंझ पाँंच वजेसम्म नै भएको तालिममा सहभागीहरुले उत्साहपूर्ण सहभागिता जनाएको कम्पनीका जनरल म्यानेजर विक्रम गोसाईले बताए ।
इको प्यानल नेपाल निर्माण सामाग्री उत्पादन गर्ने कम्पनी हो । यसले स्थायी तथा अस्थायी संरचनाको निर्माणमा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने इको प्यानलको उत्पादन गर्ने गर्दछ । यसको कर्पोरेट अफिस सल्लाघारीमा छ भने कारखाना जिल्लाकै चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।



