समाचार

दिवाङ्गत खेलाडीको शालिक निर्माणमा सरकारले सहजीकरण

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ज्यान गुमाउने खेलाडी निस्सिम थापाको अर्धकदको शालिक बनाउन सहजीकरण गर्ने बताए ।

थापाको परिवारले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री नेपालीले खेलाडीका परिवारलाई क्षतिपूर्ति दिलाउन र अर्धकदको शालिक निर्माणका लागि प्रदेश सरकारले सहजीकरण गर्ने बताए । 

गत असोज ३० गते प्याराग्लाइडिङ खेलका क्रममा थापाको मृत्यु भएको थियो । उहाँ त्रिभुवन आर्मी क्लबका तर्फबाट प्रतियोगितामा सहभागी थिए  । उनको मृत्युपछि आयोजक संस्थाले दिवङ्गत थापालाई मानार्थ गोल्डमेडल प्रदान गरेको थियो । साथै उहाँको सम्मानमा पोखरा रङ्गशालामा अर्धकदको शालिक निर्माण गर्ने घोषणासमेत गरेको थियो । 

थापाको परिवारले नाममा निस्सिमका नाममा अक्षयकोष स्थापना गरी प्याराग्लाइडिङ खेलमा दुर्घटनामा पर्ने खेलाडीलाई आर्थिक सहयोग गर्नुपर्ने माग गरेको छ । साथै सबै खेलाडीको जीवन बीमा गर्नुपर्नेसमेत परिवारको माग छ । 

दिवङ्गत खेलाडी निस्सिमका बुबा प्रकाश थापाले लागि राष्ट्रिय खेलकुद परिषद् र नेपाल एअर स्पोर्टस् एशोसिएशन र नेपाल सरकारका तर्फबाट प्राप्त हुनुपर्ने बीमाबापतको रकम प्रदान गरिदिन आग्रह गरेका छन्  । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *