काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत ईङल्याण्ड सेमिफाइनलमा पुगेको छ । ईङल्याण्डले श्रीलंकालाइ ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
श्रीलंकाले दिएको १४२ रनको लक्ष्य पछाएको ईङल्याण्डले १९.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
ईङल्याण्डको जितमा एलेक्स हेल्सले ४७ र बेन स्टोक्सले अविजित ४२ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउदै १४१ रन बनाएको थियो ।
श्रीलंकाका लागि पथुम निसांकाले सर्बाधिक ६७ रन बनाएका थिए । उनले ४५ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ६७ रन बनाएका थिए ।
त्यसैगरी श्रीलंकाका लागि कुसल मेन्डिसले १८, धनन्जय डी सिल्भाले ९, चरिथ असलंकाले ८, भानुका राजापाक्षेले २२, दासुन शानकाले ३, हसरंगा डी सिल्भाले ९ रन बनाएका थिए ।
त्यसैगरी ईङल्याण्डका बलर मार्क वूड़ले ३ विकेट लिए भने बेन स्टोक, क्रिस वोक्स, साम कुरान र आदील राशिदले एक एक विकेट लिएका थिए ।
योजित पछि ईङल्याण्ड समुह १ बार दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै ईङल्याण्डले श्रीलंकालाई पराजित गरेसँगै आयोजक अस्ट्रेलिया विश्वकपबाट बाहिरिएको छ ।




