काठमाडौँ । टी-२० विश्वकपमा आज गर या मरको खेल हुँदैछ । समूह १ को अन्तिम खेलमा ईङल्याण्डले श्रीलंकालाई जित्नै पर्ने अवस्था रहेको छ । जित्न नसके ईङल्याण्ड सेमिफाइनलबाट बाहिरिने छ र हाल दोस्रो स्थानमा रहेको अस्ट्रेलिया सेमिफाइनलमा पुग्ने छ ।
त्यस्तै श्रीलंकालाई यो खेलबाट कुनै फरक पर्दैन । श्रीलंका सेमिफाइनलको दौडबाटै बाहिरिसकेको छ । श्रीलंकाले ४ मध्ये २ जित र २ हार बेहोरेको छ । यदि टोलीले जित्यो भने पनि उसको ६ अंक मात्र हुनेछ जुन सेमिफाइनल पुग्न पर्याप्त हुदैन ।
उता, आयरल्यान्डसँग इंग्ल्याण्डले १ खेलमा हार बेहोरेको छ । यदि टोलीले खेल जित्यो भने उसले पनि ७ अंक पाउनेछ भने उच्च नेट रनरेटका कारण अष्ट्रेलियाको सट्टा ईङल्याण्ड दोस्रो स्थानमा आउनेछ र सेमिफाइनलमा पुग्ने छ ।
श्रीलंका समूह १ मा आफ्नो सम्पूर्ण खेल खेलेको एक मात्र टोली हो । श्रीलंकाको एउटै खेल पनि वर्षाले रद्ध भएको छैन । ४ खेल खेलेको श्रीलंकाले २ खेल मात्र जितेको छ ।
अष्ट्रेलिया र न्यूजिल्याण्डको अहिलेसम्म ७ अंक छ भने इंग्ल्याण्डको ५ अंक छ । ईङल्याण्डको नेट रन रेट न्युजिल्यान्ड भन्दा कम छ भने अष्ट्रेलियाको भन्दा राम्रो छ ।
यससमुहबाट न्यूजील्याण्ड सेमिफाइनलमा पुगिसकेको छ ।
.jpg)
मौसम अवस्था र पिच
मौसमको कुरा गर्दा सिड्नीमा १० प्रतिशत मात्रै पानी पर्ने सम्भावना रहेको बताइएको छ । खेलको समयमा बादल रहने र २० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने अनुमान गरिएको छ ।
सिड्नी क्रिकेट मैदानको पिच ब्याट्सम्यानका लागि राम्रो हुने छ । बल ब्याटमा राम्ररी हिर्काउने भएकाले यस सतहमा ब्याटिङ गर्न सजिलो हुने बताइएको छ ।




