समाचार

राजनीतिक हिंसाको विरोधमा अमेरिकी एकजुट हुनुपर्छ – बाइडेन

न्युयोर्क । अमेरिकीहरू ‘राजनीतिक हिंसा र मतदातामाथिको धम्की’को विरोधमा एकजुट हुनुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । राष्ट्रपति बाइडेनले अर्को हप्ताको मध्यावधि चुनावअघि रिपब्लिकन चरमपन्थी गतिविधि बृद्धि हुने चेतावनी दिए ।

‘हामीले राजनीतिक हिंसा र मतदाता धम्कीविरुद्ध भारी आवाज उठाउनुपर्दछ’, बाइडेनले एक टेलिभिजन भाषणमा भने । अमेरिकामा ८ नोभ्बरमा मध्यावधि निर्वाचन हुँदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *