काठमाडौँ । युईएफए च्याम्पियन्स लिग अन्तर्गत राउण्ड १६ को समीकरण पुरा भएको छ ।
गएराती समुह चरणका अन्तिम खेलहरु सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टिमको टुंगो लागेको हो ।
जसमा बायर्न म्युनिख, बेनिफिका, चेल्सी, म्यानचेस्टर सिटी, नापोली, पोर्टो, रियल म्याड्रिड र टोटनह्याम समुह विजेताको रुपमा नकआउट चरणमा पुगेका छन् ।
त्यसैगरी क्लब बुर्गे, बोरुसिया डोर्टमण्ड, एनट्रान्चट फ्रान्कफर्ट, इन्टर मिलान, आरबी लेइपजिंग, लिभरपुल, एसी मिलान र पिएसजी समुहमा उपविजेता हुदै नकआउट चरणमा पुगेका छन् ।
अब नकआउट चरणको ड्र नोभेम्बर ७ मा हुने युईएफएले जनाएको छ ।
विश्वकप फुटबलका कारण नकआउट चरणका खेलहरु भने पहिलो लिग अर्को बर्ष २०२३ को फेब्रुअरीमा हुने छन् भने दोस्रो लिग मार्चमा हुने छन् ।




