काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफसँग भेटवार्ता भएको छ ।
बेइजिङको भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री सरिफसँग सीले भेटवार्ता गरेका हुन् ।
दुई नेताका बिचमा भएको कुराकानीबारे औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री चयन भएपछि पहिलोपटक चीन भ्रमणमा पुगेका सरिफले चीनले पाकिस्तानलाई दिएको ऋणका बारेमा छलफल हुनसक्ने बताइएको छ ।




