काठमाडौं । नेपाल र यूएईका बिचमा ३ वटा वन डे खेलको सिरिज हुने भएको छ ।
नेपाल क्रिकेट संघका अनुसार कीर्तिपुरस्थित टीयू मैदानमा पहिलो वान डे कात्तिक २८ गते हुनेछ । क्यानका अनुसार दोस्रो वान डे कात्तिक ३० र तेस्रो तथा अन्तिम खेल मंसिर २ मा हुनेछ ।
नेपालले आईसीसी वर्ल्ड लिग–टुअन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबिया र स्टकल्यान्डको सामना गर्दैछ । त्यसकै तयारीअनुसार युएईसँग सिरिज हुन लागेको बताइएको छ ।




